Saturday, December 3, 2011

स्वास्थ्य क्षेत्रको व्यवस्थापन लथालिङ्ग भएको राष्ट्रपतिको गुनासो

काठमाडौं, मङ्सिर १७ -राष्ट्रपति रामवरण यादवले स्वास्थ्य क्षेत्रमा सरकारीस्तरको व्यवस्थापन लथालिङ्ग भएको गुनासो गरेका छन्।  'म स्वास्थ्यमन्त्री भएको बेला वीर अस्पतालमा ट्रमा सेन्टर सुरु गरी करोडौँ खर्च गरिएको थियो तर अहिले व्यवस्थापनका कारण लथालिङ्ग अवस्थामा पुगेको छ।'

बीसौँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको उपलक्ष्यमा नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीमा नवनिर्मित सगरमाथा जनरल वार्डको उद्घाटन  समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति यादवले यस्तो भनाइ व्यक्त गरेका हुन्। स्वास्थ्यको संरचना देशभर पुगे पनि व्यवस्थापनका कारण त्यो प्रभावकारी हुन नसकेको उनको भनाइ थियो। भारतमा साइबाबा अस्पतालले सबै सेवा निःशुल्क दिएको प्रसङ्ग उल्लेख गर्दै राष्ट्रपति यादवले पनि नेपालमा त्यस्तो व्यवस्था मिलाइनुपर्नेमा जोड दिए।
सामुदायिक तवरबाट सञ्चालित अर्थोपेडिकजस्ता अस्पतालले सामाजिक सेवाको भावले सञ्चालन गरिनुपर्ने उनको भनाइ थियो।
नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रका अध्यक्ष गजेन्द्रकुमार लामाको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो।
रोटरी इन्टरनेसनल बेल्जियमको रु एक करोड सहयोगमा सगरमाथा जनरल वार्डको निर्मा

No comments:

Post a Comment