Saturday, December 3, 2011

खोटाङको खानीडाँडामा अग्निले उडान भर्ने

खोटाङको खाल्लेस्थित मनमाया राई खानीडाँडा विमानस्थलमा अग्नि एयरले उडान भर्ने भएको छ। सातामा एकपटक आंशिक उडान हुनेगरेको सो विमानस्थलमा मंसिर तेस्रो सातादेखि अग्निले उडान गर्न लागेको हो।
अहिले खानीडाँडाबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र तारा एयरलाइन्सले मात्र उडान भर्दै आएका छन्। उडानका लागि अग्नि एयरका सिनियर क्याप्टेन विनोद पुरी, पाइलट उद्धव घिमिरे र एयरहोस्टेज अञ्जली खनालले शनिबार खानीडाँडा विमानस्थलको स्थलगत निरिक्षण गरेका छन्।
निरीक्षणपछि यहाँबाट नियमित उडान भर्न सकिने ठहर गर्दै त्यसका लागि प्रक्रिया अघि बढेको क्याप्टेन पुरीले जनाए। उनका अनुसार अग्नि एयर फ्लाइट गर्न विमानस्थल योग्य छ।

यसै साताभित्र परीक्षण उडान भर्ने पनि उनले बताए। परीक्षण सफल भएपछि साताको तीन उडानसम्म भर्न सकिने उनले जानकारी दिए।
जिल्लाबासीको मागअनुसार अग्निले खानीडाँडाबाट उडान भर्न लागेको हो। स्थानीय समुदायले साथ दिए सेवा दिन कम्पनी तयार भएको क्याप्टने पुरीको भनाइ थियो।

No comments:

Post a Comment